२५ आश्विन २०७५, बिहीबार

कपिलवस्तु, २५ असोज । कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप शाहले गौतम बुद्ध भारतमा जन्मिएको भन्दै प्रचार गरेको भन्दै साहको सर्वोत्र आलोचना भइरहेको छ । भारतको सिद्धानगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलन्यास कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सहभागी भएका कार्यक्रममा बुद्ध सिद्धार्थनगरमा जन्मिएको दाबीसहित प्रचार गरेका थिए ।

उक्त कार्यक्रममा उपस्थीत भई नेपाल भारतमा जन्मिएको भन्ने भ्रमलाई मलजल गरेको भन्दै अहिले सांसद साहको कपिलवस्तुमा सर्वत्र विरोध भैरहेको छ ।
लुम्बीनी विकास कोषका सदस्य राजेश ज्ञवालीले बुद्ध जन्मस्थान बारे सांसदले अनावश्यक हल्ला फैलाउनु जरुरी नभएको तर्क गर्छन् ।

शाह कांग्रेसको तर्फबाट कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । बुद्धबारे गलत सन्देश प्रचार गर्न आयोजित कार्यक्रममा उपस्थित शाहले परराष्ट्र मन्त्रालय र संघीय संसद्बाट पनि अनुमति लिएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV