२५ आश्विन २०७५, बिहीबार

काठमाडौं, २५ असोज । टिकटिङ तथा पर्यटन सम्बन्धी मात्रै काम गर्न अनुमति लिएका काठमाडांैका धेरै ट्राभल एजेन्सीहरु भिजिट भिषाका नाममा मानव तष्करी केन्द्र बनेका छन् ।

सुर्खेतका मनोज गुरुङ १ महिना नयाँ बसपार्कमा रहेको ट्रष्ट ट्राभल एजेन्सीकी सञ्चालक एक महिलालाई ३ लाख ६० हजार बुझाएर भिजिट भिषामा दुवई पुगे । नपलपरासीका गोपाल थापा मगरलाई ६० हजार दिई उनि ट्राभलको सम्पर्कमा पुगेका थिए ।

ट्राभलले उनलाई दुवईमा लाइफ गार्डको काम दिलाइदिने आश्वासनमा पैसा लिएको थियो । ट्राभालले इमिग्रेसनमा सेटिङ गरि उनलाई दुवाई पठायो । फलाई दुवई र इमिग्रेसनको सेटिङमा उनि १६ अगस्त साझ ७ः ३० बजेको फ्लाई दुवईबाट दुवाई पुगे । शुरुमा ४ ः२० को फ्लाईटमा दुवई जान इमिग्रेसन पुगेपनि इमिग्रेसनको गलत काउन्टरमा गएका कारण उनि पहिले रोकिन्छन् । तर पछि सेटिङबाला कर्मचारी आउछन् र उन्लाई ७ः ३० को फ्लाईटमा दुवई जान्छन् ।

दबईमा १२ दिन बस्दा पनि काम नपाएपछि उनि नेपाल फर्किएर र पैसा फिर्ता माग्न ट्राभल धाउन थाले । तर अँह पैसा फिर्ता पाएनन् । सँधै भोलि भन्ने जवाफ र धाक धम्की मात्रै पाए ।

र उनि हाम्रो कार्यलयमा गुनासो गर्न आएपछि हामीले यो घटना फलो गर्न थाल्याैं । पटक पटक ट्राभल सञ्चालक महिलालाई जानकारी गराउँदा उनले उल्टो विभिन्न व्यक्ति लगाएर हामीलाई धम्काउन थालिन । उनको नाम लिएर आँफु विप्लप माओवादीको नेता भएको भन्दै इश्वर बुढाथोकी भनिने व्यक्तिले हाम्र्रा टिभी जर्नलिष्ट सालीकराम पुडासैनीलाई पार्टीमा कुरा गर्ने भन्दै यसरी धम्काए ।

हामीले यस विषयमा रिपोर्टिङनै गर्ने भनेपछि बिहीबार दुवै पक्ष हाम्रो कार्यालयमा आए । ट्राभल एजेन्सीका तर्फबाट आँफु विप्लप माओवादीको नेता बताउने इश्वर बुढाथोकी पनि आए । हामीले क्यामेरामा रेकर्ड गर्न थालेपछि पिसाव फेर्न जाने भन्दै एक एक गर्दै इश्वर बुढाथोकी र उनका साथिहरु कार्यालय बाहिर गए । हामीले पटक पटक फोन सम्पर्क गरि कार्यलयमा बोलाउँदा पनि उनिहरु आउन मानेनन् ।

यता ट्राभल सञ्चालिका अझै पनि पैसा फिर्ता गर्न आनाकानी गरिन् र आँफुहरुले गलत नगरेको दाबी गर्दै थिइन् । हामीले यस विषयमा सिर्आइबीलाई जानकारी गराएपछि उनले केही रकम केही बेरमै फिर्ता गरिन् । उपत्यकामा रहेका धेरै जसो ट्राभलहरु एयरलाईन्स र इमिग्रेसनको सेटिङमा मानव तस्करी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV