२५ आश्विन २०७५, बिहीबार

काठमाडौं, २५ असोज । विवाह भन्ने वित्तिकै पुरुष र महिलाबीच हुने चलन छ । समयानुसार आजकल पुरुष–पुरुष र महिला–महिलाबीच पनि विवाह हुने गर्दछ । तर, के तपाईलाई किशोरीको विवाह केरासँग हुने चलन पनि चलिआएको छ भन्दा पत्यार लाग्छ ?

संसारमा अजिब अजिबका चलन हुने गर्छन् । यी चलन हामीलाई नौलो लागेपनि उनीहरुका लागि भने सामान्य लाग्छन् । जसले ती परम्परालाई अङ्गाल्दै आएका छन् । छिमेकी देश भारतको एक ठाउँमा पनि यस्तै अचम्मको चलन छ ।

भारतको असम, बोगाइगाउँ जिल्लाको सोलमारी भन्ने गाउँमा किशोरीको बिहे केरासँग गराइन्छ । उक्त राज्यमा दुलही त युवती नै हुने गर्छिन् तर दुलाहा भने केराको बोट हुने गर्छ । यो बिहेलाई तोलिनी बिवाह पनि भन्ने गरिन्छ ।

गाउँको रिवाज अनुसार बच्चा उमेर पार गरेर जो किशोरी अवस्थामा पुग्छिन् तब उनीहरुको बिहे केराको बोटसँग गरिन्छ । यो बिहे गर्दा ठूलै नाचगान पनि हुने गर्छ । विवाहको समयमा युवतीलाई सूर्यको प्रकाशबाट बचाएर राखिन्छ ।

खानामा पनि युवतीलाई फलफुल र काँचो दूध मात्र खान दिइन्छ । यो समयमा कुनै पुरुषले युवतीको अनुहार हेर्न पाउँदैनन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV