२५ आश्विन २०७५, बिहीबार

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को म्याग्दीमा जिल्ला सहित सवै स्थानीय तहमा पार्टी संयन्त्र गठन भएको छ । नेकपाका गण्डकी प्रदेशका सह इन्र्चाज खगराज अधिकारी, अध्यक्ष हितराज पाण्डे र प्रदेश कमिटीका सचिब गोबिन्द नेपालीको उपस्थितिमा बसेको बैठकले सर्बसम्मत रुपमा जिल्ला देखी स्थानीय तह सम्म पार्टी संयन्त्र गठन गरेको केन्द्रिय सदस्य भुपेन्द्रवहादुर थापाले बताए ।



कुनै विवाद छैन् एउटै स्वरमा संयन्त्र बनाएका छौ’ प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले भने । उनका अनुसार साविक एमाले र साबिक माओबादी केन्द्रका पाँच÷पाँच जना नेताहरुको १० सदस्यीय जिल्ला संयन्त्र गठन गरिएको छ । संयन्त्रमा पूर्व एमालेबाट प्रतिनिधिसभाका सांसद तथा केन्द्रिय सदस्य थापा,हरिकृष्ण श्रेष्ठ, देवेन्द्रवहादुर केसी, बालकृष्ण सुवेदी,देवबहादुर घले र पूर्व एकिकृत माओवादीबाट पूर्व सांसद गोविन्द पौडेल,शेरवहादुर केसी,रेशम जुग्जाली९सुविन० देवराज सुवेदी र टेकवहादुर विश्वकर्मा चयन भएका छन् । नगरपालिका र गाउँपालिका कमिटीका पदाधिकारीहरुलाई नगर तथा गाउँपालिका संयन्त्रमा राखिएको छ ।

संयोजक भने बरिष्ठ सदस्य मध्येबाट चयन गर्ने वा आलोपालो समेत गर्न सकिने ब्यबस्था गरिएको सांसद थापाले बताए । उनले व्यवस्था नभए सम्मका लागि एकिकृत पार्टीका रुपमा संयन्त्रले कामकाज गर्ने निर्णय समेत भएको बताए ।यसैगरी बेनी नगरपालिकामा प्रमोद श्रेष्ठ,राजकुमार थापा,बेलवहादुर चोखाल,नारायण जिसी र शेर वहादुर केसी,कुशल पौडेल,विनोद केसी,पदम पुन नगर संयन्त्रमा चयन भएका छन् । मंगला गाउँपालिकामा प्रेमप्रसाद रेग्मी,सतप्रसाद रोका,याम वहादुर रोका र देवराज सुवेदी,चन्द्र बुढा र रत्न विक छन् । मालिका गाउँपालिकामा रेशम जुग्जाली, बेगप्रसाद गर्बुजा,राजेन्द्र शेरचन,खरमाया विटालु,गोविन्द सिउथानी र कर्ण रोका संयन्त्रमा छन् ।

धवलागिरी गाउँपालिकामा देउप्रसाद छन्त्याल,थमसरा पुन,खुमनाथ सुवेदी,कलानिधि सुवेदी झकवहादुर छन्त्याल र यमन रोका रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । रघुगंगामा दिपक कार्की,रिम कटुवाल,निरज पुन,हरि भण्डारी,ध्रुव सुवेदी र पदम शेरपुञ्जा रअन्नपूर्णमा नारायण पुन,बागविर पाइजा,श्याम राना,पूर्ण पाइजा खड्क गिरी र सुवास विक चयन भएका छन् । तत्काल अर्को व्यवस्था नभएसम्मका लागि संयन्त्रका सदस्यले एकिकृत पार्टीको गतिबिधी सञ्चालन गर्ने नेता गोविन्द पौडेलले बताए । संयन्त्र गठन भएपछि अव पूर्व एमाले र माओवादीको सम्बोधन समेत नगरिने बताइएको छ ।

‘एकताको सन्देश तल्लो तहसम्म पु¥याउनका लागि संयन्त्रले काम गर्ने छ,‘सरकारका कामलाई जनताको घरदैलोमै पुर्याउँछौ’ नेता पौडेलले भने । असोज २९ गते विहान पार्टी कार्यालयमा विजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV