२५ आश्विन २०७५, बिहीबार

काठमाडौं, २५ असोज । चाडपर्वका बेला अधिक माग हुने खाद्यान्नमा मिसावट भइरहेको पाइएको छ । चामल, दाल, तेल, मसलामा अधिक मिसावट भइरहेको हो । मासु, मिठाई, दुध पनि गुणस्तरहीन भएकाले किनमेलमा सचेत हुन आवश्यक रहेको खाद्य विज्ञ र चिकित्सकले औल्याएका छन् ।

दुधमा कास्टिक सोडा, मिठाईमा अखाद्य रंगको प्रयोग, दाल–चामलमा कमसल दाल–चामलकै मिसावट गरिन्छ । प्रायः सबै प्रकारका खाद्यान्नमा अखाद्य बस्तुको मिसावट भइरहेपनि बजार अनुगमन प्रभावकारी नहुँदा मावन स्वास्थ्यमा पनि गम्भीर असर परिरहेको छ ।

वर्षभर नबिकेका, म्याद नाघेका र सडेगलेका वस्तु आँखा छलेर बिक्री गर्ने व्यापारिक प्रबृत्ति रहेपनि सरकारी निकाय भने चर्चा गरिएजस्तो बेथिति नरहेको दावी गर्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV