नेपालगञ्जको त्रिभुवन चोकमा एनआईसी एशिया बैंकको नयाँ शाखा स्थापना



प्रकाशित मिति : Oct 11, 2018

नेपालगन्ज, २५ असोज । एनआईसी एसिया बैंकले नेपालगञ्जको त्रिभुवन चोकमा नयाँ शाखा उदघाटन गरेको छ । २० बर्ष पुगेको अवसरमा बैंकले शाखा स्थापना गरेको हो ।

एनआईसी एसिया बैंकले आफ्नो २० वर्षे यात्राको क्रममा बुधबार नेपालगञ्जको त्रिभुवन चोकमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले आफ्नो सेवाको १९ वर्ष पार गरी २० औं वर्षमा प्रवेश गरेको अवसरमा १ सय ९५ औं शाखा नेपालगञ्जमा स्थापना गरेको हो ।

शाखाको विधिवत रुपमा बुधवार उद्घाटन गरेपनि कारोबार भने गत फागुनदेखि नै भएको बैंकले जनाएको छ । शाखाको उद्घाटन गर्दै बैंकका संचालक राजेन्द्र अर्यालले नागरिकले जम्मा गरेको रकमको सुरक्षा पहिलो प्रथामिकता रहेको जानकारी दिनुभयो ।

बैंकले संंस्थागत सामाजिक उत्तरदायित्वतर्फ बैंकका लक्षित क्षेत्रहरू वातावरण, स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता एवम् वित्तीय समावेशीकरण र खेलकुद क्षेत्रको योगदानलाई अझ सशक्त बनाउने जनाएको छ । हालसम्म बैंकले २ सय ५८ वटा शाखा कार्यालय रहेका छन् ।

बैंकले १४ विस्तारित काउन्टर, १५ वटा शाखारहित बैंकिङ एकाई तथा २ सय ५२ वटा एटीएमबाट सेवा दिईरहेको छ ।

 


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com