२५ आश्विन २०७५, बिहीबार

काठमाडौं, २५ असोज । दशैंको अवसरमा सस्तो किलमेल एउटै छानामुनी उपलब्ध गराउने उद्देश्यले काठमाडौंमा दशैं मेला सुरु भएको छ । उपभोक्ताको उपस्थिति न्यून हुँदा मेलाको आकर्षण भने खासै देखिँदैन ।

सिन्थेटिक एक्जिवेसन एण्ड इभेन्ट प्रालीले दशैलाई नै लक्षित गरी सुलभ मूल्यमा भृकुटीमण्डपमा मेला आयोजना गरेको छ । बुधबारबाट सुरु भएको मेलामा उपभोक्ताको उपस्थिति भने अत्यन्तै न्यून छ । विशेषगरी मध्यम आय भएका सर्वसाधारणका लागि लक्षितगरी सामान विक्रीमा राखिए पनि सर्वसाधारणको न्यून उपस्थितिले मेलाको आकर्षण खासै देखिदैन ।

दशैंमा नयाँ लुगा लगाउने प्रचलन सँगै सस्तो गुणस्तरीय लत्तकपडा विशेष छुटमा विक्रि वितरण गरीरहेको आयोजकले बताउँदै आएको छ । यद्यपी, उपस्थित उपभोक्ता भने विभिन्न सामान एकैठाउँमा खरिद गर्न पाएकोमा दंग छन् । मेलामा करिब ५० लाख रुपैयाँ बारबरको कारोवारसँगै २५ हजार बढीले अवलोकन गर्ने विश्वास आयोजकको छ ।

LIVE TV