२५ आश्विन २०७५, बिहीबार
  • अमर काफ्ले,

प्रकाशपुर, २५ असोज । सुनसरीको प्रकाशपुरमा आयोजित दोस्रो नेबिल ओभरसिज नकआउट फुटबल प्रतियोगितामा गोधुली फुटबल क्लब धरान बिजयी भएको छ ।

धरानले १ नम्बर प्रदेश प्रहरी विराटनगरलाई हराएको हो । प्रकाशपुर माविको खेल मैदानमा सम्पन्न खेलको निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि प्यानेल्टी सुट आउटबाट निर्णय लिइएको थियो ।

पेनाल्टीमा धरान ४-१ ले विजयी भएको हो । प्रतियोगिता अन्र्तगत भोलिको खेल नेपाल आर्मी पूर्वी पृतना इटहरी र डाँडीहाट बेलबारी मोरङबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV