२५ आश्विन २०७५, बिहीबार
  • सुरेश श्रेष्ठ

दाङ ,२५ असोज । सभामुख कृष्णबहादुर महराले नेपाल प्रहरीको प्रहरी ऐन २०१२ फेरिनु पर्ने बताएको छ । उनले देशमा २०१२ पछि धेरै परिवर्तन भएको र राज्यनै पुर्नः संरचनामा गइसकेको अबस्थाममा पनि पुरानै ऐनले प्रहरी संगठन सञ्चालन भएको भन्दै अव ऐनको परिमार्जन गर्नु पर्ने अबस्था आएको बताए ।

उनले सरकारलाई ऐन परिवर्तनको लागि पहल गर्न माग गर्दै संसदमा आए परिमार्जनलाई पूर्णता दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ६३ औ प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश नं ५ले दाङको तुलसीपुरमा गरेको विशेष समारोहलाई सम्वोधन गर्दै पुरानो ऐन बोकेर हिडनुको कुनै सार्थकता नरहेको बताए ।

उनले २०६८ सालमा आफु गृहमन्त्री हुँदादेखि यो विषय उठाउँदै आएको स्मरण गर्दै अहिले सभामुख भएकाले आफ्नो भूमिका संसदमा रहेको बताएका छन् । उनले नेपालको कानुनको कार्यान्वयन गर्दै जनतामाझ कानुनको जानकारी दिने निकाय भनेको प्रहरी भएकोले प्रहरीको यो भूमिका गौरबमय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV