सगरमाथा म्युजिक अवार्डको नवगायकको मनोनयनमा आर्यन शाही



प्रकाशित मिति : Oct 11, 2018
  • हरिशजङ्ग क्षेत्री

काठमाडौं । नबोदित गायक आर्यन शाही ठकुरीको पहिलो गित ‘मन यो पागल मन’  म्युजिक अवार्डका लागी मनोनयनमा परेको छ । ठकुरीको पहिलो गित मन यो पागल मन सगरमाथा म्युजिक अवार्ड २०७५ को नवगायक बिधाको उत्कृष्ट ५ को मनोनयनमा परेको हो । गायक आर्यन शाही ठकुरीले गाएको पहिलो गितको शब्द र संगीत उत्तम थापा मगर गरेका छन् । नवगायकको नोमिनेसनमा परेका ठकुरीले नोमिनेसनको प्रमाण पत्र र मेडल बुझेका छन् ।

कंचनपुर घर भएका आर्यनले केहि समय अगाडी राजधानीमा कान्तिपुर मोडेल एजेन्सी र संगीत नेपालले सयुक्त रुपमा देश ब्यापीरुपमा आयोजना गरेको गोल्डेन स्टार खुल्ला एकल गायन प्रतियोगिताको उपाधी समेत जितेका थिए । शाही  बिगत पाँच  वर्ष देखी गायन क्षेत्रमा आफ्नो भबिष्य खोज्दै गायन पेशामै अाबद्ध भइरहेका छन् ।

संस्कृती संरक्षण र प्रबर्द्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ कार्तिक ३ गते राजधानीमा हुन लागेको सगरमाथा म्युजिक अवार्ड २०७५ कार्यक्रममा नवगायक आर्यन शाही ठकुरी आफ्नो जिवनको पहिलो अवार्ड चुम्न हतारिएका छन् । गायक ठकुरीले आफुलाई अवार्ड जिताउन धेरै धेरै भोट गर्न समेत गनुरोध गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com