२५ आश्विन २०७५, बिहीबार

काठमाडौं, २५ असोज । नेपाल खाद्य संस्थानले शुक्रबारदेखि दशैंका लागि खसी, बोका र च्याङग्रा बिक्री वितरण सुरु गर्ने भएको छ । नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबारदेखि दशैंका लागि खसी, बोका र च्याङग्रा बिक्री वितरणको काम सुरु गरिने भएको हो । दशैंमा काठमाडौंलाई ४० हजार खसीबोका आवश्यक पर्ने जनाएको छ ।

संघका अध्यक्ष भानुभक्त पराजुलीका अनुसार यी माग अनुसारका खसी बोकाको ७० प्रतिशत आयात भारतको उत्तर प्रदेशबाट हुन्छ । यस्तै केही च्यांग्राहरु छिमेकी देश चीन र नेपालको मुस्ताङले धान्छ । तथ्यांकअनुसार दुई महिनामा खसीबोका मात्र ७७ करोड ५० लाख १५ हजार रुपैयाँ बराबरको १ लाख १ सय ८५ वटा भित्रिएको छ ।

बजार भाउलाई हेरेर सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको मूल्य निर्धारण गर्ने पनि संस्थानले जनाएको छ । संस्थानले हरेक वर्ष थापाथलीस्थित बागमती अञ्चल कार्यालय परिसरबाट दशैंका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्रा बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV