२५ आश्विन २०७५, बिहीबार
  • नबिन के.सी

अर्घाखाँची । ६३ औ प्रहरी दिबस अर्घाखाँचीमा पनि मनाइएकाे छ । प्रहरी दिबसको अबसरमा जिल्ला प्रहरी कार्यालय परिषरमा बृक्षा रोपण , सदरमुकामका बिभिन्न स्थानमा सरसफाई र सप्ताह व्यापी रुपमा खेलकुद समेत आयोजना गरिएको थियो ।प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले त्यस अवसरमा  सुरक्षा निकायहरु बिच सुमधुर सम्बन्ध भएकोले अापराधिक घटनाहरु समयमै खोजी गर्न सहयोग पुगेको र जिल्लामा कुनै मुद्धामा प्रहरी असफल भयो भन्ने गुनासाे नभएको  बताए ।

यसै अबसरमा न्यूज २४ अर्घाखाँचीका संवाददता नबिन के.सी सम्मानित भएका छन । जिल्लाको शान्ति सुरक्षा कायम गर्न आम सञ्चार माध्यमबाट महत्वपूर्ण भुमिका निर्बाह गरेको भन्दै कदर पत्रले सम्मान गरेको हो । के.सी संगै अन्य तीन पत्रकार समेत सम्मानित भएका छन । चाड पर्बको बेला जिल्लामा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी निरन्तर लागि परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नबराज मल्ले बताए । प्रहरीलाई जग्गा उपलब्ध गराई प्रहरी चौकि निर्माण गर्न सहयोग गर्ने जग्गा दाताहरुलाई समेत सम्मान गरिएको छ ।

 

LIVE TV