२५ आश्विन २०७५, बिहीबार
  • अर्जुन गजुरेल

सिन्धुली ।  सिन्धुलीको गोलन्जोर गाँउपालिका वडां नं ५ मा खुल्ला महिला नक आउट भलिबल प्रतियोगिता भएको छ । बडादशैको अवसरमा आयोजित प्रतियोगितामा जलकन्या प्रथम , खुर्कोट द्रितिय र खनियाखर्क समुह तृतिय भएको छ ।

खेलको उत्कृष्ट खेलाडी सञ्चिता थापा मगर घोषित भइन । विजेतालाई कार्यक्रममा प्रमुख अतिथि गोल्नजोर गाउँपालिका वडा नं ५ का महिला सदस्य इन्द्रकुमारी हायुले पुरस्कार वितरण गरिन्। प्रतियोगिताको विजयी समुहलाई शिल्ड र मेडल प्रदान गरिएको प्लान का सुपरभाइजर अस्मिता कार्कीले जानकारी दिइन् ।

 

प्रतियोगिताको समापन कार्यक्रममा वडा सदस्य पुर्णवहादुर थापा ,महिला दलित सदस्य सावित्रा विक , गोविन्द वहादुर लुङगेली हरिवाबु गजुरेल दिल वहादुर रम्तेल पनि उपस्थिती रहेको थियो । प्रतियोगिता ५ टिमले सहभागिता जनाएका थिए । प्लान इन्टरनेशनल नेपालको सहयोग तथा जनजाति समाज कार्यक्रम जे एस जि पि को अन्तर किशोरि सञ्जाल द्रारा खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV