२५ आश्विन २०७५, बिहीबार

काठमाडाैँ । अमेरिकाको फ्लोरिडा राज्यको उत्तर पश्चिमी क्षेत्रमा अहिलेसम्मकै भयानक आँधीले ठूलो क्षति पुर्याएको छ ।

तटीय क्षेत्रका शहरमा पानी छिरेको छ भने कतिपय ठाउँहरुमा घर भत्किएको र रुखहरु ढलेका छन् । माइकल नाम दिइएको आँधी २०० किलोमिटर प्रतिघण्टाको रफ्तारमा छ ।

यसले बुधबार दिउँसो राज्यको प्यानह्याण्डलक्षेत्रमा पहिरो पनि गएको छ । माइकल आँधीका कारण अहिलेसम्म मध्य अमेरिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा भने अहिलेसम्म १ जनाको मृत्यु भएको पुष्टि भएको छ । ३ लाख ७० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको फ्लोरिडा प्रशासनले जानकारी दिएको छ ।

तर, अधिकारीहरुले धेरै मानिसहरु आफ्नो घर छाड्न नमानेको बताएका छन् । माइकल आँधीको तीव्रताले धेरै मानिसहरुलाई आश्चर्यचकित बनाएको छ ।

मेक्सिकोका खाडीबाट असामान्य रुपमा सुरु भएको यो आँधी करिव १८० किलोमिटर प्रतिघण्टामा सुरु भएको थियो । तर, फ्लोरिडासम्म आइपुग्दा यसको रफ्तार अझै बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV