२५ आश्विन २०७५, बिहीबार

काठमाडाैँ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा बिहान ११ बजेदखि थ्रीस्टार र फ्रेण्ड्स क्लबबीच भिडन्त हुँदैछ ।

ललितपुर डर्बीको रुपमा हेरिएको यस खेलमा थ्रीस्टार बलियो मानिन्छ । दुई वर्षअघिको राष्ट्रिय लिग विजेता थ्रीस्टार ए डिभिजन लिगकै दावेदारको रुपमा रहेको छ ।

फाइल तस्वीर

राष्ट्रिय टोलीका खेलाडीले भरिएको थ्रीस्टारको सन्तुलित टोली छ । यता फ्रेण्ड्स भने युवा खेलाडीले भरमा हुनेछ ।

सम्झौता प्रक्रिया नटुंगिएकाले फ्रेण्ड्सले बिदेशी खेलाडी अनुबन्ध गर्न पाएको छैन । यसअघि हिजो भएको खेलमा च्यासल युथ क्लव र मछिन्द्र क्लवले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

अधिकांश समय खेलमा नियन्त्रणमा लिएर पनि च्यासलले गोल गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV