२५ आश्विन २०७५, बिहीबार

काठमाडौं । नेपाल प्रहरीमा तीन जनालाई बढुवाको सिफारिस गरेका छन् । बढुवा समितिले  बुधबार बसेको बैठकमा निर्णय गरेअनुसार प्राविधिकतर्फ एक जनालाई एआईजी र दुई जनालाई एसएसपी मा बढुवा सिफारिस गरेको छ ।

बैठकले स्वास्थ्य उप-समुहमा कार्यरत प्रहरी नायव महानिरिक्षक डा. दुर्गा थापालाई सोही समुहको एअार्इजी पदमा तथा ईन्जिनियरिङ उपसमूह सूचना प्रविधि/कम्प्युटर तर्फका प्रहरी उपरिक्षक नबीन्द अर्याललाई सोहि समूहको उप-समूहतर्फ एसएसपी तर्फ र केनाइन उप-समूहतर्फका प्रहरी उपरीक्षक डा.देउती गुरुङलाई सोही समूहतर्फको एसएसपी पदमा बढुवाकालागि सिफारिस गरेकाे छ।

LIVE TV