२४ आश्विन २०७५, बुधबार

काठमाडौं, २४ असोज । आयात निर्यातको स्थिति –

आर्थिक वर्षः २०७३/७४मा

  • कुल आयातः १२ खर्ब ४३ अर्ब २९ करोड २१ लाख १८ हजार
  • कुल निर्यातः ८१ अर्ब १९ करोड १६ लाख ५२ हजार
  • कुल व्यापार घाटाः ११ खर्ब ६२ अर्ब १० करोड ४ लाख ६६ हजार

नेपालको व्यापार साझेदार १५५ देशमध्ये अधिकतम् कारोबार भएका २० देशमा आर्थिक वर्ष २०७३÷७४को आयात, निर्यात र व्यापार घाटाको स्थिति यस्तो छः

भारत

  • आयातः ८ खर्ब १० अर्ब ९० करोड ४८ लाख ६१ हजार
  • निर्यातः ४६ अर्ब ६० करोड ४८ लाख ५६ हजार
  • व्यापार घाटा ः ७ खर्ब ६४ अर्ब ३० करोड ५हजार

चीन

  • आयातः १ खर्ब ५९ अर्ब ९८ करोड ३ लाख १६
  • निर्यातः २ अर्ब ४३ करोड ७७ लाख ४४ हजार
  • व्यापार घाटाः १ खर्ब ५७ अर्ब ५४ करोड २५ लाख७२ हजार

फ्रान्स

  • आयातः २० अर्ब ८३ करोड ६२ लाख ७० हजार
  • निर्यातः १ अर्ब २२ करोड ५५ लाख २ हजार
  • व्यपार घाटाः १९ अर्ब ६१ करोड ७ लाख ६८ हजार

भियतनाम

  • आयातः १३ अर्ब ५२ करोड ९५ लाख ४९ हजार
  • निर्यातः ६१ करोड ५१ लाख ३२ हजार
  • ब्यापार घाटाः १२ अर्ब ९१ करोड ४४ लाख १७ हजार

दुबई

  • आयातः १३ अर्ब २१ करोड १७ लाख १७ हजार
  • निर्यातः १ अर्ब ००७२ लाख ३६ हजार
  • ब्यापार घाटाः १२ अर्ब २० करोड ४४ लाख ८१ हजार

थाईल्याण्ड

  • आयातः १३ अर्ब १३ करोड ४९ लाख ८८ हजार
  • निर्यातः ३ करोड २६ लाख ५५ हजार
  • ब्यापार घाटाः १३ अर्ब १० करोड २३ लाख ३३ हजार

इन्डोनेसिया

  • आयातः १२ अर्ब ४७ करोड १ लाख ६४ हजार
  • निर्यातः ३७ लाख ९९ हजार
  • ब्यापार घाटाः १२ अर्ब ४६ करोड ६३ लाख ६५ हजार

अर्जेन्टिना

  • आयातः १० अर्ब २२ करोड ६६ लाख ५२ हजार
  • निर्यातः ८ लाख ९४ हजार
  • ब्यापार घाटाः १० अर्ब २२ करोड ५७ लाख ५८ हजार

कोरिया

  • आयातः १० अर्ब १६ करोड ४६ लाख ८८ हजार
  • निर्यातः १६ करोड ९० लाख ४९ हजार
  • ब्यापार घाटाः ९ अर्ब ९९ करोड ५६ लाख ३९ हजार

मलेसिया

  • आयातः १० अर्ब ०२ करोड ८४ लाख १२ हजार
  • निर्यातः २४ करोड ६६ लाख १७ हजार
  • ब्यापार घाटाः ९ अर्ब ७८ करोड १७ लाख ९५ हजार

अमेरिका

  • आयातः ९ अर्ब ८९ करोड ४० लाख ७७ हजार
  • निर्यातः ९ अर्ब १६ करोड २५ लाख ३९ हजार
  • ब्यापार घाटाः ७३ करोड १५ लाख ३८ हजार

साउदी अरब

  • आयातः ९ अर्ब ५९ लाख ८३ हजार
  • निर्यातः २ करोड ७८ लाख ४९ हजार
  • ब्यापार घाटाः ८ अर्ब ९७ करोड ८१ लाख ३४ हजार

क्यानडा

  • आयातः ८ अर्ब १ करोड १८ लाख ९१ हजार
  • निर्यातः ८५ करोड ८१ लाख ६८ हजार
  • ब्यापार घाटाः ७ अर्ब १५ करोड ३७ लाख २३ हजार

जर्मनी

  • आयातः ७ अर्ब ८७ करोड २९ लाख ४ हजार
  • निर्यातः ३ अर्ब १३ करोड ९८ लाख ८४ हजार
  • ब्यापार घाटाः ४ अर्ब ७३ करोड ३० लाख २० हजार

जापान

  • आयातः ७ अर्ब ७५ करोड ३ लाख ७२ हजार
  • निर्यातः १ अर्ब ३ करोड ७४ लाख ४ हजार
  • ब्यापार घाटाः ६ अर्ब ७१ करोड २९ लाख ६७ हजार

पाकिस्तान

  • आयातः ६ अर्ब ३१ करोड २३ लाख ३ हजार
  • निर्यातः ३ करोड ७३ लाख १६ हजार
  • ब्यापार घाटाः ६ अर्ब २७ करोड ४९ लाख ८६ हजार

स्विट्जरल्याण्ड

  • आयातः ६ अर्ब ४ करोड ५२ लाख २२ हजार
  • निर्यातः ३३ करोड ६० लाख ५२ हजार
  • ब्यापार घाटाः ५ अर्ब ७० करोड ९१ लाख ७० हजार

दक्षिण अफ्रिका

  • आयातः ५ अर्ब ९९ करोड ३१ लाख ५ हजार
  • निर्यातः ६ करोड ७ लाख ७६ हजार
  • ब्यापार घाटाः ५ अर्ब ९३ करोड २३ लाख २९ हजार

अस्ट्रेलिया

  • आयातः ५ अर्ब ६४ करोड ८८ लाख ११ हजार
  • निर्यातः ६४ करोड ३२ लाख ४१ हजार
  • ब्यापार घाटाः ५ अर्ब ५५ लाख ६९ हजार

ब्राजिल

  • आयातः ५ अर्ब ३८ करोड ३५ लाख २० हजार
  • निर्यातः ४ करोड २९ लाख २८ हजार
  • ब्यापार घाटाः ५ अर्ब ३४ करोड ५ लाख ९१ हजार

नेपालले अर्थिक वर्ष २०७३/७४ मा १५५ देशसँग कारोबार गरेको छ । जसमध्ये नेपालले ६२ प्रतिशत व्यापार भारतसंग मात्र गरेको छ भने ११ प्रतिशत व्यापार चीनसंग गरेको छ । बाँकी २७ प्रतिशत मात्र अन्य देशहरुसंग व्यापार गरेको तथ्यांक छ । नेपालले जुन मात्रामा यी देशहरुबाट सामान अयात गरेको छ, त्यसको तुलनामा नेपालले गर्ने निर्यात भने निकै न्यून छ । यसर्थ नेपालको अर्थतन्त्र पूर्णतः परनिर्भरप्रायः छ ।

कसरी सम्भव छ समृद्धि ?

तथ्यांक भन्छ कि, देशको अर्थअवस्था जर्जर छ । आयातको तुलनामा निर्यात अत्यासलाग्दोब बढी छ । देशमा समृद्धिको ठूला कुरा हुन्छ तर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने कुनै ठोस पहल भएको छैन । उत्पादनभन्दा आयातमा जोड दिएका कारण देशको अर्थस्थिति दयनीय अवस्थामा पुगेको हो । यतिसम्म कि देशको कुल बजेटको हाराहारीमै आयात गरिने देशसँगको व्यापार घाटा छ । अर्थविद्हरु भन्छन्, अहिलेको तथ्यांकले देश झन् परनिर्भर बन्दैछ ।

झन्पछि झन् आयात गर्ने वस्तु र त्यसको मात्रा बढ्र्दैछ । स्वदेशमा भएका सीमित उद्योग पनि बन्द छन् । नयाँ उद्योग खोल्ने ठोस प्रयास भएको छैन । आयातको तुलनामा निर्यात छ नगन्यप्रायः छ । हामीसँग स्रोत, साधन र जनशक्ति छ । तर त्यसको प्रयोग नभएका कारण देशको यो हविगत भएको अर्थविद्हरुको विश्लेषण छ ।

पटक पटकको राजनीतिक आन्दोलनसँगै व्यवस्था परिवर्तन भयो । तर, देशको अर्थतन्त्र र नागरिकको अवस्थामा कुनै उल्लेख्य परिवर्तन आएन । यसको मूल कारण परनिर्भर अर्थतन्त्र नै हो । जब सम्म हामीले बस्तु उत्पादन र निर्यातमा जोड दिँदैनौ तबसम्म समृद्धि संम्भव छैन ।

आमनेपालीको जीवनशैली क्रमशः भड्किलो बन्दैछ । हामी विलासी बन्दै छौं । तर हाम्रो उत्पादन छैन । विदेशी उत्पादन किनेर रमाइरहेका छौं । हामी श्रम गर्न विदेश जान्छौं । अलिअलि पैसा कमाउँछौं, अति त्यो पैसा विलासी सामान किनेर विदेशै पठाउँछौं । यसले मुलुकलाई झन् परनिर्भर बनाउँछ ।

अहिले देशको खास आवश्यकता भनेको उद्योग नै हो । हामीसँग यतिधेरै स्रोत र साधन छ, तर त्यसको प्रशोधन, उत्पादन र बजारीकरण हुन सकेको छैन । मुलुक समृद्धि बनाउने हो भने उत्पादन र बस्तु निर्यातलाई बढाउनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV