२४ आश्विन २०७५, बुधबार

काठमाडौं, २४ असोज । विवाह दाम्पत्य जीवनको बैधानिक सुरुआत मात्र होइन, संस्कृतिको महत्वपूर्ण अंश पनि हो । समाज अनुसार विवाहको तरिका फरक हुन्छ नै ।

तर, विश्वमा विवाहको रितिरिवाज र परम्परा निकै अचम्मका छन् । जस्तो ः इन्डोनेसियाको टिडाङग समूदायमा विवाहित जोडीलाई तीन दिनसम्म शौचालय जान प्रतिबन्ध छ ।

सुन्दैमा अचम्म लाग्ने यो परम्परालाई इन्डोनेसियामा भने सामान्य रुपमा लिइन्छ । टिडाङग समूदाय नव विवाहित वेहुला–बेहुलीले विवाहका तीन दिन शौचालय प्रयोय गरे भाग्य नराम्रो हुने मान्यता राख्छन् । विवाह एउटा पवित्र उत्सव रहेको र यसबीचमा शौचालय गए त्यसको पवित्रता नष्ट हुने यिनीहरुको थप बुझाइ छ ।

यदि यो परम्परा पालना नगरे दाम्पत्य जीवन लामो समय नटिक्ने वा दुईमध्ये कसैलाई नराम्रो असर पर्ने स्थानीयको विश्वास छ । यही कारणले नव–विवाहितलाई विवाहको तीन दिनसम्म थोरै खाना दिइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV