२४ आश्विन २०७५, बुधबार

काठमाडौं । प्राविधिकमा तीन जना वरिष्ठ प्रहरी अधिकृतको बढुवा सिफारिस भएको छ ।

नेपाल प्रहरीले एक जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) र अर्को दुई जनालाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ । नेपाल प्रहरीले डा. दुर्गा थापालाई अतिरिक्त महानिरीक्षक,इन्जिनियरिङ उपसमूह सूचना प्रविधि कम्प्युटरतर्फ नविन्द घिमिरेलाई एसएसपी र केनाइन उपसमूहतर्फ डा. देउती गुरुङ बढुवा सिफारिस गरिएको हो ।

त्यसैगरी घिमिरे प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान व्युरो प्राविधिक सहयोग शाखामा कार्यरत छन् भने गुरुङ केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रमा कार्यरत छिन् ।

LIVE TV