२४ आश्विन २०७५, बुधबार

सुर्खेत, २४ असोज । बजार बढेपछि स्याउ खेतीमा किसानको आकर्षण बढ्न थालेको छ । कर्णाली प्रदेशको जुम्ला र कालिकोट पकेट क्षेत्र मानिन्छ । आधुनिक प्रविधिको प्रयोगसँगै स्याउ उत्पादनमा उल्लेख्य बृद्धि भएको तथ्यांक रहेको छ । आर्थिक वृद्धिमा मात्र होइन, रहर लाग्दो स्याउका उत्पादनले कर्णालीको सौन्दर्यतालाई पनि बढाएको छ ।

यो लोभ लाग्दो दृश्यले कर्णालीको सौन्दर्यतालाई झल्काएको छ । प्राकृतिक रुपमै मनोरम जुम्ला, कालिकोट स्याउका लागि पनि चर्चित छन् । यहाँका किसानको जीवन स्याउ खेतीले धानेका मात्र छैनन्, दृश्यलाई समेत मनमोहक बनाएको छ ।

कर्णाली प्रदेशमै स्याउका लागि उपयुक्त जिल्ला कालिकोट र जुम्लाका किसान हर्षित छन् । कर्णली राजमार्ग निर्माणसँगै बढेको बजारले उत्साहित बनाएको छ । जुम्ला र कालिकोटका स्याउ कर्णालीको राजधानी विरेन्द्रनगरसम्म सहजै आइपुग्छ । अनि देशका विभिन्न कुनामा यहाँको स्याउ पु¥याइन्छ । सडक यातायातको अभावमा केही वर्षअघिसम्म बारीमै कुहिने स्याउ खेर जान छाडेपछि किसानमा खुशीको सिमा नै छैन ।

बजार मात्र बढेको छैन, उत्पादनका लागि विकास समूह सहकारी मार्फत अनुदानको व्यवस्थासम्म गरिएको छ । त्यसैले पनि किसान स्याउ उत्पादनमा अझ आकर्षित बनेका छन् ।

आधुनिक ज्ञान, सीप र प्रविधिको प्रयोग बढाइएको छ । बगैंचा व्यवस्थापन र बजारीकरणमा आएको सुधारले जुम्लाको स्याउ खाने रहरलाई पुरा गर्ने विश्वास लिन थालिएको छ । सुर्खेतका स्याउ व्यवसायीसम्म उत्साहित देखिएका छन् ।

कर्णाली क्षेत्रको समृद्धिका लागि स्याउ उत्पादन महत्वपूर्ण बन्न सक्छ । आर्थिक उपाजन मात्र नभएर प्राकृतिक सौन्दर्यतामा स्याउका लहलाउँदा बोट सुनमा सुगन्ध झैं बन्छन् । प्रदेश तथा स्थानीय सरकारले स्याउ उत्पादनसँगै बजारीकरणलाई अझ व्यवस्थित बनाउन आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV