२४ आश्विन २०७५, बुधबार

काठमाडौं, २४ असोज । कर्मा छिरिङ शेर्पा एन्फा नेतृत्वमा आएपछि महिला फुटबललाई शशक्त बनाउने घोषणा गरेका थिए । घोषणा अनुसार महिला फुटबलका लागि ग्रासरुटबाट बिकास कार्यक्रम पनि उनले सुरु गरिसकेका छन् । राष्ट्रिय टिम तयारीमा पनि एन्फाले विशेष ध्यान दिएको छ ।

हरेक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मुस्किलले एक महिनाको तयारी गर्ने परम्परा तोड्दै एन्फाले यसपटक लामो तयारीको व्यवस्था गरेको छ । नेपालका सफल फुटबलर हरि खड्काले महिला टोलीको प्रशिक्षण संहालेपछि आसन्न साफ च्याम्पियनसिप नेपालका लागि विशेष हुनेछ ।

आगामी डिसेम्बर १७ देखि २६ सम्म श्रीलंकामा उमेन्स साफ च्याम्पियनसिप आयोजना हुँदैछ । दुई महिनाभन्दा बढी समय बाँकी रहँदा नेपालले त्यसका लागि तयारी सुरु गरिसकेको छ । हालै भुटानमा भएको उमेर समूहको प्रतियोगितामा उपविजेता बनेको नेपाली टोलीले सिनियर प्रतियोगितामा त्यो भन्दा राम्र्रो प्रदर्शन गर्नेे लक्ष्य लिएको छ । उमन्स साफको १८ वर्षे इतिहासमा नेपालको मुख्य बाधक भारत नै रहँदै आएको छ । साफ च्याम्पियनसिपमा नेपालले खेलेका ३५ खेलमा भारतसँग ७ खेलमा पराजय ब्यहोरेको छ । यसपटक पर्याप्त तयारी र प्रतिधावान खेलाडीको समिश्रणले भारतबिरुद्ध आफूअनुकुल नतिजा आउनेमा खेलाडीहरु ढुक्क छन् ।

सफल फुटबलर तथा यसअघि राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक भइसकेका हरि खड्काले महिला टोलीको जिम्मेबारी लिएका छन् । सक्षम प्रशिक्षकलाई जिम्मा दिने एन्फाको यो निर्णयले खेलाडीहरुमा सकारात्मक उर्जा मिलेको छ । करिव २ साताको प्रशिक्षणका क्रममा खड्का महिला खेलाडीहरुको लगाव र प्रतिभा देखेर आश्चर्यचकित भएका छन् ।
बाइट…हरि खड्का, प्र

क्षक
सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा तयारी गरिसकेको नेपाली टोलीले दशैंपछि चीनसँग उसकै मैदानमा दुई मैत्रीपूर्ण खेल खेल्दैछ । महिला राष्ट्रिय टोलीले ठूला प्रतियोगिताअघि बैदेशिक एक्स्पोजर पाएको सायद यो पहिलो पटक हो । नेपालले नियमित सहभागिता जनाउने एकमात्र अन्तर्राष्ट्रिय प्रतियोगिता साफ च्याम्पियनसिप सधैं भारत नै बाधक बन्दै आएको छ । अहिले नेपालको लक्ष्य पनि यही छ कि भारतलाई हराउने, उपाधि जित्ने ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV