२४ आश्विन २०७५, बुधबार

काठमाडौं, २४ असोज । शेयर बजारमा परिसूचक नेप्से सामान्य बढेको छ । कारोबार रकममा पनि उच्च गिरावट भएको छ ।

बुधबार शेयर बजारमा परिसूचक नेप्से सकारात्मक भएपनि स्थीर रहेको छ । नेप्से एक अंकले पनि बढन नसकेपछि लगानीकर्ताले कारोबार रकम पनि घटाएका छन् ।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि स्थीर जस्तै छ । दशैंका अवसरमा कतिपय लगानीकर्ताले घर तथा गाडिमा लगानी गर्ने भएकाले शेयर बजारमा उपस्थिति जनाउँदैनन् । जसले गर्दा कारोबार रकमप पनि न्यून हुने गर्छ । बुधबार पनि शेयर बजारमा १ सय ६२ कम्पनीको २२ करोड ६५ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा व्याजदर घटने सम्भावना कम हुँदै गएपछि लगानीकर्ताले शेयर बजारमा लगानी कम गर्ने सम्भावना पनि बढेको छ । जसले गर्दा नेप्से दवावमा परेको हो । तरपनि लगानीकर्ताले सानिमा माई जलविद्युत कम्पनीको शेयरमा कारोबार बढाएका छन् ।

यो कम्पनीको ३ करोड भन्दा बढीको शेयर कारोबार भएको छ । मेगा बैंकका शेयरधनीले ३ प्रतिशतले कमाएका छन भने सिटि एक्सप्रेस फाइनान्सका शेयरधनीले ५ प्रतिशतले गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV