२४ आश्विन २०७५, बुधबार

काठमाडौं, २४ असोज । शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले वाहिरी चक्रपथ आयोजनालाई तिव्रताका साथ अगाडी बढाउन आवश्यक रहेको बताउनुभएको छ । मन्त्री राईले काठमाडौं उपत्यका विकास प्राधिकरणको नवनिर्मित अत्याधुनिक भवनको उद्घाटन गर्दै वाहिरी चक्रपथ आयोजनालाई छिट्टो सम्पन्न गर्न आवश्यक रहेको बताउनुभएको हो ।

दिन प्रतिदिन काठमाडौंमा बस्न चाहने जनसंख्या बढ्दै जादा जग्गा खण्डीकरण रोक्न नसकिएको भन्दै अत्यधिक मात्रामा भइरहेको खण्डीकरण रोक्न आवश्यक रहेको बताउनुभयो । मन्त्री इश्तियाक राईले काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डाक्टर भाईकाजी तिवारीकै कार्यकालमौ कम्तिमा पनि पचास प्रतिशत काम पूरा गरेको हेर्ने चाहना आफूमा रहेको बताउनुभयो ।

वाहिरी चक्रपथका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणको नेतृत्वमा स्थानीय जग्गाधनीको सहभागितामा उपभोक्ता समिति बनाएर निर्माण गर्ने मोडल समेत तयार भइसेको छ । कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्र नाथ शर्माले मन्त्रालयले राजधानी वरपरका चारै भागमा पर्ने गरि ४ वटा नयाँ शहर बसाल्ने योजना समेत रहेको बताउनुभयो ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले सरकारले निर्देशन दिएको खण्डमा केही महिना भित्र नै चक्रपथको ट्रयाक खोल्ने काम प्रारभं गर्न सकिने जानकारी दिनुभयो । पहिलो चरणमा चोभारदेखि भत्केको पाटी, मच्छेगाउँ, गाम्चा हुँदै सतुंगलसम्मको खण्डमा जग्गा एकीकरणका लागि प्राधिकरणले काम गरिरहेको छ ।

शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले उद्घाटन गरेको उपत्यका विकास प्राधिकरणको नयाँ भवन कुल २० करोड खर्चेर निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV