२४ आश्विन २०७५, बुधबार

काठमाडौं, २४ असोज । दशैं आएसँगै नयाँ लुगा किन्ने नेपाली समाजमा परम्परा जस्तै छ । यतिवेला राजधानी काठमाडौंका विभिन्न बजारमा नयाँ लुगा किन्नेको घुँइचो देख्न सकिन्छ । मलदेखि फुटपाथसम्म आफ्नो आर्थिक अवस्था अनुसार लत्ताकपडा खरिद गर्न सर्वसाधारण पुग्ने गरेका छन् ।

दशैं भित्रि सकेको छ । राम्रो लगाउने र मिठो खाने रहर कस्लाई पो हुँदैन र । आर्थिक रुपले कमजोरका लागि पनि दशैंले सहजै छुन्छ । निम्न आय भएकाका लागि फुटपाथमा सञ्चालन भएका पसल आकर्षण बन्ने गरेको छ । पसल भन्दा फुटपाथ नै सस्तो छ । त्यसैले पनि सर्वसाधारणको ध्यान फुटपाथ पसलमा केन्द्रित छ ।

काठमाडौंको जमल, न्युरोड, रत्नपार्क आसपास क्षेत्रमा धेरै फुटपाथ पसलहरु सञ्चालनमा छन् । चाडपर्वलाई नै लक्षित गरेर महानगरपालिकाले समेत फुटपाथ सञ्चालनमा रोकतोक लगाएको छैन । मलमा भन्दा फुटपाथमा दशैंको रौनक देखिन्छ । व्यापार पनि फुटपाथमै धेरै हुने व्यवसायीहरु बताउँछन् । दैनिक २० देखि ३० हजारसम्म लुगा÷कपडाको व्यापार हुने गरेको छ ।

ठूला सपिङ मलसँगै खुद्रा पसलमा लक्ता कपडाको मूल्य सोचेको भन्दा महँगो छ । उस्तै क्वालिटीका कपडा मलमा चौब्बर मूल्य तिर्नुपर्छ । तर, फुटपाथमा त्यही लुगा कपडा सस्तोमा पाउँदा सर्वसाधारणको आकर्षण बढ्नु स्वभाविक हो । हिन्दु नेपालीहरुको महान् चाड दशैं सरल र सहज रुपमा मनाऔं । तामझाम र खर्चिलो दशैंले दशा निम्त्याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV