२४ आश्विन २०७५, बुधबार

काठमाडौं, २४ असोज । आशा लघुवित्तले आइपीओ निष्काशन गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । त्यस्तै एनआइबीएल एस क्यापिटलले लाभांश दिने भएको छ भने आँखुखोला जलविद्युत कम्पनीको आइपीओ मंगलबार दखेखिनै विक्री खुल्ला भएको छ ।

एनआइबीएल एस

एनआइबीएल एस क्यापिटलले मंगलबारको साधारणसभाबाट १५ प्रतिशत नगद लाभांश दिने संचालक समितिको प्रस्ताव पारित गरेको छ । कम्पनीको हालको चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको छ । लाभांश वितरणमा एनआइबीएल एसले ४ करोड ५० लाख रुपैयाँ खर्च गर्न लागेको हो । एनआइबीएल एस क्यापिटलले विभिन्न म्यूचुअल फण्ड निर्माण गरी शेयर बजारमा लगानी गरिरहेको छ ।

  • एनआइबीएल एस क्यापिटलले नगद लाभांश दिने
  • १५ प्रतिशत नगद लाभांश प्रस्ताव
  • २७ करोड रुपैयाँ चुक्ता पूँजी
  • ४ करोड ५० लाख रुपैयाँ लाभांशमा खर्च गर्ने
  • म्युचुअल फण्ड मार्फत शेयरबजारमा लगानी

आशा लघुवित्त

आशा लघुवित्त वित्तीय संस्थाले ६ लाख कित्ता आइपीओ विक्री गर्ने भएको छ । आइपीओ पारित गर्न लघुवित्तले असोज २७ गते साधारण सभा बोलाएको छ । त्यस्तै आइपीओका लगि लघुवित्तले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । कम्पनीले जारी पुँजीको ३० प्रतिशत शेयर सर्वसाधारणलाई विक्री गर्न लागेको हो । गत आर्थिक वर्षमा लघुवित्तले १ करोड १० लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

  • आशा लघुवित्तको आइपीओ निष्काशन हुँदै
  • ३० प्रतिशत अर्थात ६ लाख कित्ता आइपीओ विक्री गर्दै
  • असोज २७ गते साधारणसभा बस्ने
  • धितोपत्र वोर्डसंग अनुमति माग
  • १ करोड १० लाख ३३ हजार खुद नाफा

आँखुखोला

आँखुखोला जलविद्युत कम्पनीको आइपीओ मंगलबार देखि विक्री खुल्ला भएको छ । कम्पनीको आइपीओमा असोज २६ गते सम्म आवेदन दिन सकिने छ । १३ लाख ७६ हजार कित्ता शेयर आइपीओ निष्काशन गरेको कम्पनीको शेयर तोकिएको समय सम्मपनि विक्री नभएमा कात्तिक ६ गते सम्मका लागि समय थप हुने कम्पनीले जनाएको छ। इच्छुक लगानीकर्ताले ५० देखि ६ हजार कित्ता सम्म आवेदन दिन सक्ने छन् ।

  • आँखुखोेला जलविद्युतको आइपीओ निष्काशन
  • मंगलबार देखि विक्री खुल्ला
  • असोज २६ गते सम्म शेयर विक्री नभएमा कात्तिक ६ गते सम्म समय थप
  • १३ लाख ७६ हजार कित्ता शेयर विक्री हुने
  • लगानीकर्ताले ५० देखि ६ हजार समम आवेदन दिन सक्ने

प्रतिक्रिया दिनुहोस्

LIVE TV