२४ आश्विन २०७५, बुधबार

काठमाडौं, २४ असोज । सरकारले करिब ३० हजार करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट) दर्ताको सूचीबाट हटाउने भएको छ ।

लामो समयदेखि कर कार्यालयको सम्पर्कमा नरहेका र कारोबार नै बन्द गरी विवरण नबुझाउने करदातालाई भ्याट दर्ताको सूचीबाट हटाउन लागेको हो । नियमित कारोबारमा नरहे पनि भ्याट दर्ताको सूचीमा भने करदाताको संख्या रहिरहँदा त्यले करप्रणालीमा समस्या देखाएको भन्दै त्यस्ता करदातालाई सूचीबाट हटाउन लगेको हो ।

आन्तरिक राजस्व विभागले संकलन गरेको विवरणअनुसार भ्याटमा १ लाख ९४ हजार करदाता दर्ता भएका छन भने ३० हजार करदाताले विवरण बुझाएका छैनन् ।

विभागले दिएको जानकारी अनुसार आगामी पुसको अन्त्य सम्ममा करदाताले भ्याटको सूचीबाट हटाउन निवेदन दिएमा स्वीकार गर्ने र हटाउने प्रक्रिया सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV