२४ आश्विन २०७५, बुधबार
  • रिया भण्डारी,

काठमाडौं, २४ असोज । नेपाल मेडिकल काउन्सिलले गलत रिपोर्ट दिने दुई चिकित्सकलाई निलम्बन गरेको छ ।

बलात्कार भएकी १२ वर्षीया बालिकाको स्वास्थ्य जाँचको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका दुई चिकित्सक निलम्बनमा परेका हुन् ।

जनकपुर अञ्चल अस्पतालमा पीडित बालिकाको शारीरिक जाँच गर्ने चिकित्सक रम्भा गोइत र विजयकुमार सिंहले न्युनतम चिकित्सकिय आचरण तथा व्यवहार विपरित मेडिकल रिपोर्ट दिएको काउन्सिलको ठहर छ ।

त्यस्तै  काउन्सिलले बोलाउदा सम्पर्कमा नआएका सिराहा जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सक डा. राकेशकुमार सिंहलाई सात दिनको म्याद दिएर स्पष्टिकरण मागिएको छ ।

गत साउन ८ गते धनुषा जनकनन्दनीमा १२ वर्षीया बालिकाको बलात्कारपछि स्वास्थ्य जाँचका क्रममा चिकित्सकले गलत रिपोर्ट बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV