२४ आश्विन २०७५, बुधबार
  • नारायण सुवेदी,

नवलपरासी, २४ असोज । विपन्न समुदायका महिलाहरुको प्रजजन् स्वास्थ्यको क्षेत्रमा प्रदेश सरकार गम्भीर भएर लागेको प्रदेश न. ५ का भौतिक र्पुवाधारमन्त्री वैजनाथ चौधरीले बताए ।

 

बुधवार पश्चिम नवलपरासीको सुनवलमा प्रशुतीगृह सुभारम्भको अवसरमा मन्त्री चौधरीले आफु महिलाहरुको स्वास्थ्य जस्तो संवेदनशिल विषयलाई विशेष चासोका हेरेको र प्रसुतीगृहको स्तरवृद्धिका लागि प्रदेश सरकारले सहयोग गर्ने समेत सो अवसरमा बताए ।

सुनवल नगरपालिकाका नगरप्रमुख भीम वहादुर थापाले केन्द्र सरकारले लिएको लक्ष्य प्राप्तिका लागि नगर स्तरमा दिगो विकासको लक्ष्य पछ्याउँदै लागि परेको बताए । मेयर थापाले सुनवल नगरमै पहिलो पटक संचालन हुन लागेको पसुतीगृहमा नगरक्षेत्र भित्रका प्रसुतीसेवाका निम्ती आमाहरुलाई निशुल्क एम्बुलेन्स सेवा समेत प्रदान गर्ने बताए ।

चिकित्सालयलाई प्रकृति चिकित्सालय शिक्षण अस्पताल बनाउन पनि सक्दो सहयोग गर्ने बताए । मन्त्री पुनकै पहलमा चिकित्सालयमा एक करोड तिस लाखको लागतमा महिला उपचार कक्षा निर्माण गरिएको चिकित्सालयका प्रमुख व्यवस्थापक हरि सापकोटाले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV