‘प्रेम दिवस’मा प्रियंका र आयुष्मान, मैतीदेवी मन्दिरमा शुभमुहुर्त
काठमाडौँ । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको मुख्य भुमिका रहने फिल्म ‘प्रेम दिवस’ को शुभमुहुर्त गरिएको छ ।
आज बुधबार घटस्थापनाको अवसर पारेर काठमाडौंको मैतीदेवी मन्दिरमा शुभमुहुर्त गर्दै फिल्मको नाम प्रेम दिवस सार्वजनिक गरिएको हो।
यो फिल्मको नाम यसअघि ‘राधा २’ भनेर चर्चा गरिएको थियो । ‘प्रेम दिवस’ फिल्मलाई योगेश घिमिरेले निर्देशन गर्दैछन् । यो फिल्मबाट विशाल खरेलले नायकको रुपमा डेव्यु गर्दैछन् । संजय न्यौपानेले निमार्ण गर्ने फिल्ममा पटकथा प्रदीप भारद्वाजले तयार परेका हुन् ।
फिल्ममा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत रहनेछ भने हरी लामाले छायाँकन गर्नेछन् । फिल्मको छायाँकन कात्तिक ८ गतेबाट सुरु हुँदैछ ।