२४ आश्विन २०७५, बुधबार

काठमाण्डौ । राज चाम्लिङको स्वर , शव्द र संगीतमा नयाँ म्यूजिक भिडियो ‘म रुदैछु विरानो परदेशमा’ सार्वजनिक भएको छ । गीतको भिडियोलाई सङ्गस् नेपाल यूट्युबमार्फत सार्वजनिक गरिएको छ । ग्रेस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा जोनी योञ्जनको एरेञ्ज रहेको छ । गीतको भिडियोमा देबेन्द्र नेम्बाङ, दिपिका लिङ्देन र विष्णुकुमार लावती फिचर्ड भएका छन् ।

गीतले परदेशिन बाध्य श्रीमानले गाउँमा रहेकी श्रीमतीलाई सम्झना गरेको भाव बोकेको छ । गीतको भिडियोलाई लाकुरी भञ्ज्याङ लगायत काठमाण्डौ उपत्यकाको विभिन्न रमणीय स्थलहरुमा छायाँङ्कन गरिएको गायक राईले जानकारी दिएका छन् । भिडियो निर्देशन पनि स्वयम राईले गरेका छन् भने देवजंग थापाको छायाँकन तथा सम्पादन, मेघराज मगरातीले ड्रोनमा साथ दिएका छन् ।

LIVE TV