२४ आश्विन २०७५, बुधबार

बर्दिया   ।  आठ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक युवकलाई आठ वर्षपछि आज प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१२ भैसाहीका २० वर्ष कैद सजाय तोकिएका ३९ वर्षीय शङ्खर थारुलाई प्रहरीले घरमै लुकिछिपी रहेको अवस्थामा आजे बिहान पक्राउ गरेको हो ।

सोही ठाउँका ३० वर्षीय छोतेलाल थारुको २०६७ जेठ १४ गते हत्या गरी फरार रहेका थारुलाई सूचनाको अधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिनुभयो । बर्दिया जिल्ला अदालतले २०७२ माघ १३ गते घटनाका आरोपिलाई दोषी ठहर गरी सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो ।

LIVE TV