२४ आश्विन २०७५, बुधबार
  • दीपक उपाध्याय

कैलाली , २४ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीको गौरीफंटा नाकाको निरीक्षण गरेका छन्  ।

दशैंका लागि भारतबाट स्वदेश फर्किएका नेपालीले सीमा क्षेत्रमा दुःख पाउने गरेको गुनासो बढेपछि मुख्यमन्त्री भट्टले निरीक्षण गरेका हुन् । हरेक वर्ष दसैँ तिहार मनाउन घर फर्कने नेपालीलाई भारतीय पक्षले मात्रै होइन नेपाली सुरक्षाकर्मीले समेत दुःख दिने गरेको गुनासो आउने गरेको छ । मुख्यमन्त्री भट्टले घर फर्किएका नागरिकसँग कुराकानी समेत गरिएका छन्  । नेपाल र भारतका सुरक्षा अधिकारीसँग सीमामा सहज आवागनका लागि छलफल भएको जानकारी समेत दिएका छन्  । उनले सीमामा समस्या हुन नदिन सहायता कक्ष स्थापना गरिएको बताएका थिए ।

अहिले धनगढीको गौरीफंटा नाका बाट मात्रै दैनिक हजारौ नेपाली दशै मनाउँन घर फर्किनेक्रम सुरु भएको छ । सिमानाको अनुगमनामा मुख्यमन्त्रीसँगै कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, प्रहरी प्रमुख विनोद घिमिरे र सशस्त्र प्रहरीका डिएसपी विष्णुप्रसाद भट्ट समेत सहभागी भएका थिए ।

LIVE TV