२४ आश्विन २०७५, बुधबार
  • रिदम सिंह

असोज २४, बझाङ । करीब एक दशक पछि बझाङ जिल्लामा हवाई जहाज परिक्षणका रुपमा हवाई उडान गरिएकोे छ । करीब १० वर्ष देखी बन्द भएको हवाई जहाजले बुधबार परिक्षण सुरु गरेको हो । २०३५ सालमा कच्ची विमानस्थल निर्माण सम्पन्न भए पछि पहिलो पटक तत्कालिन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको यो विमान स्थल २०६५ साल पछि बन्द भएको थियो ।

नेपालगंज बाट १२ः २४ मा उडेको नेपाल एरलाईन्सको हवाईजवाज ४५ मिनेट पछी बझाङ जिल्लाको दबेल विमान स्थलमा ल्यान्ड भएको विमान स्थल सुरक्षा गार्डका प्रहरी सहायक निरक्षिक काँसीराम पन्तले बताए । झण्डै २० मिनेट हवाई मैदानमा रोकिएको 9 n AKU 17 हवाईजहाजमा सुपर डिभीजन कार्यालयका बरिष्ठ अधिकृत भगवती प्रसाद करुङ, नेपाल एयरलाईन्सका रमेश कुमार पाण्डे, बायुसेवा नीगमका दिपेन्द्र सेन लगायतका स्टाफहरु रहेका थिए । सिट क्षमता भएको उक्त हवाईजहाजको परिक्षण उडान मात्रै गरिएको नेपाल एरलाईन्सका रमेश कुमार पाण्डेले बताए । जनप्रतिनिधिहरुको र मिडियाकर्मीेहरुको लामो प्रयास पछी हवाईजहाज परिक्षण कार्य गरिएको हो । नेपाल एयरलाईन्सका रमेश कुमार पाण्डेका अनुसार जिल्लामा यात्रुहरु के कती हुन्छ सो हेरेर उडान गर्न सकिने बताउँछन् । एक दशक पछि हवाई जहाज उडान परीक्षणले जनताहरुमा खुशी थपेको छ ।

२०३५ सालमा कच्ची विमानस्थल निर्माण सम्पन्न भए पछि पहिलो पटक तत्कालिन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको यो विमान स्थल २०६५ साल सम्म सञ्चालनमा रहेको थियो । पछिल्लो समय निगम बाहेकका निजी विमान कम्पनीहरुले पनि बझाङबाट नेपालगंज र धनगढीका लागि उडान भर्ने गरेका थिए । २०६५ सालमा बझाङ सदरमुकाम सम्म बस चल्न थाले पछि यो विमानस्थलमा कुनै पनि उडान भएका थिएनन् । २०६६ सालमा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालय समेत बन्द गरेको थियो ।

बढी जसो बझाङ नेपालगंज उडान संचालन गर्ने विमान कम्पनीहरुले नेपालगंजबाट बझाङ आउने यात्रुको चाप घट्दै गएको कारण उडान बन्द गरेको बताएका थिए । यद्यपी धनगढी बझाङ उडान संचालन गर्न सके दैनिक दुइ तीन वटा सम्म ट्वीनअटर फ्लाइट गर्न सकिने सम्भावना रहेको विमान कम्पनीहरुले बताउदै आएका छन् । तर धनगढी विमानस्थलमा विमानलाई राती राख्न मिल्ने व्यवस्था नभएको भन्दै उनिहरु नै बझाङमा उडान भर्न आनाकानी गर्दै आएका छन् ।

बेवारिसे जस्तै बनेको विमानस्थल स्थानियले खेल मैदान र गौचरन बनाउदै आएका थिए । विमानस्थलमा रहेको टावर यसअघि स्थानिय केटाकेटीको सौच गर्ने ठाउँमा परिणत हुँदै आएको थियो । तर अव विमानस्थलमा विमान उँड्ने भएपछि स्थानीयहरु हर्षीत देखिन्छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV