२४ आश्विन २०७५, बुधबार

मोडलिङ क्षेत्रमा निकै आशालाग्दो बनेर उदाएकी मोडल सुजाता भट्टको नयाँ भिडियो सार्वजनिक भएको छ । मोडल सुजाता अभिनीत ‘उमेर नि बढेसी’ बोलको भिडियो अहिले चर्चामा छ ।

गोरखा अश्राङमा जन्मेकी सुजाता मोडलिङ क्षेत्रमा पाईला चाल्ने क्रममा छिन् । नृत्य बाट मोडलिङमा प्रवेश गरेकी उनी अहिले म्यजिक भिडियोहरुमा अग्रसर भएकी छिन् । पछिल्लो उनको यो गीत आशालाग्दो देखिएको छ । सुजाता भन्छिन्, ‘पछिल्लो भिडियोमा काम राम्रो गरेको छु, भिडियोबाट आफूलाई मिश्रीत प्रतिक्रिया मिलिरहेको छ ।’ यसअघि उनले अभिनय गरेको तीजको गीतपनि निकै रुचाइएको थियो ।

चलचित्रको नायिका नै बन्ने सोच राखेकी अस्मिता नेपाली चलचित्रमा प्रियङ्का कार्की, साम्राज्ञीराज्य लक्ष्मी शाह जस्ता नायिकालाई अबको स्टारको रुपमा देख्छिन् । हाल पत्रकारिताको अध्ययन गरिरहेकी सुजाताले नृत्य संगै अभिनयलाई पनि अघि बढाउने बताईन् । सुजाता आफूले अभिनयको निखारताका लागि हर प्रयासहरु गरिराखेको बताउँछिन् । उनी अन्छिन्, ‘मलाई नृत्य विधा बढि मनपर्ने भएकाले विशेष गरि डान्सिङ म्युजिक भिडियोमा काम गर्न मन छ ।’

विस्तारै अभिनयलाई निखार्दै नेपाली चलचित्रमा समेत स्टार बन्ने सुजाताको सोच छ । उक्त भिडियोमा सुजातालाई मोडल चक्र बमले साथ दिएका छन् । गीतमा राजकुमार जैसी र टिका सानुको आवाज रहेको छ भने शुनिल विसी र मेगेन्द्र जैसीको लय शब्द रहेको छ । उनको हालै सार्वजनिक भिडियो यस्तो छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV