२४ आश्विन २०७५, बुधबार

काठमाडौँ। बहुचर्चित जयनगर-जनकपुर रेल सेवा छिट्टै नै पुनः सञ्चालनमा आउने भएको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले मङ्सिरसम्ममा जयनगर-जनकपुर रेल सेवा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको जानकारी दिए । रेल सेवा सञ्चालनका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।

रेल सेवा सञ्चालनका लागि भारतसँग रेल भाडामा लिने जानकारी समेत महानिर्देशक मिश्रले दिए। तीन वा दुईवटा रेल भाडामा लिनेबारे छलफल भइरहेको जानकारी उनले दिए । गाेरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV