२३ आश्विन २०७५, मंगलवार

काठमाडौं । हरेक क्षेत्रमा बेथिति ! मूल्यबृद्धि, अभाव अहिलेको नियति बनेको छ । दशैं जस्तो चाड नजिकिदै जादा सामान्य अनुगमन हुने गरेपनि उपभोग्य सामाग्रीको गुणस्तरमा कुनै सुधार आउन सकेको छैन । तेह्रथुममा बधशाला नै छैन । जथाभावी मासु काट्ने गर्दा मानव स्वास्थ्यमा चुनौती थप्दै गएको छ ।

काभ्रेका बधशाला मापदण्ड विपरित सञ्चालनमा छन् । अनुगमन नभएका होइनन् तर उही कर्मकाण्डी मात्र बन्ने गरेको छ । सरकारी अनुगमनकर्ताहरुले सचेत गराएर मात्र छोडेका छन् । सरसफाईको अभाव रहेकै छ, त्योसँगै दर्ता नगरि बधशाला सञ्चालनमा आएका छन् । देख्दा सामान्य झैं लागे पनि विषय संवेदनशील छ ।

LIVE TV