२३ आश्विन २०७५, मंगलवार

काठमाडौं, २३ असोज । वीर अस्पतालको भित्र रहेको बिरामी वार्डमा उपचार गराइरहेका बिरामीलाई भुस्याहा कुकुरले टोक्यो भन्दा अच्चम लाग्न सक्छ । तर बुढालिकण्ठकी मेनुका बानीयाँलाई भने आइतबार बिहानै वीर अस्पतालको महिला वार्डमा २ वटा भुस्याहा कुकुरले टोके ।

आफन्त कुरुवा बसेकी उनि औषधि लिएर वार्ड छेउमै पुग्दा कुकुरले झम्टीए । मेनुका मात्र होइन त्यस वार्डमा रहेका अन्य बिरामी र उनका कुरुवाहरुसमेत भुस्याहा कुकुरबाट त्रसित छन् । वीर अस्पतालको इमरजेन्सी सँगै रहेको यो वार्ड छेउछाउमा दैनक जसो कुकुर छिर्ने गरेको रहेछ ।

हामी अस्पतालमा पुग्दा पनि यि कुकुर वार्ड बाहिर अस्पाल परिसरमै थिए । हामी यस विषयमा रिपोर्टिङ गर्न अस्पताल पुग्दा ती कुकुर झम्टौला झै गरिरहेको थियो ।

घर वा अन्य स्थानमा बिरामीलाई राख्दा समेत संक्रमण हुन सक्ने भन्दै चिकित्सको निगरानीमा उपचार गर्नका लागि कुनै पनि बिरामीलाई वीर अस्पतालका यी वार्डमा भर्ना गरेर राखिन्छ । तर वार्डमै छिरेर कुकुरले बिरामी तथा बिरामीका कुरुवा टोक्न थालेपछि अस्प्ताल प्रसाशन के गर्छ ? प्रश्न उठ्नु स्वाभाविक हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV