२३ आश्विन २०७५, मंगलवार

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले मानसिक स्वास्थ्य सम्बन्धि समस्यालाई समाधान गर्न पर्याप्त बजेट नरहेको गुनासो गर्नुभएको छ ।

विश्व मानसिक स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा आज आयोजित कार्यक्रममा राज्यमन्त्री यादवले स् अर्थमन्त्रालयसँग पटकपटक ताकेता गर्दा पनि विभिन्न विषयगत विषयमा बजेट अभाव भइरहेको गुनासो गर्नुभएको हो ।

मानसिक स्वास्थ्यसम्बन्धि समस्यालाई समाधान गर्न प्रदेश र स्थानीय तहलाई पनि आवश्यक व्यवस्था गर्न राज्यमन्त्री यादवको निर्देशन दिनुभएको थियो । त्यसैगरी, आर्थिक अभावका कारण पनि नेपालमा मानसिक रोगीको समस्या बढेको उल्लेख गर्दै त्यसलाई समाधान गर्दै लैजाने राज्यमन्त्री यादवको प्रतिवद्धता थियो ।

विश्वमा हरेक ५ जना युवामध्ये एक जनामा मानसिक समस्या देखिएको विभिन्न अध्ययनहरुले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा करिव २५ लाख मानिसमा कुनै न कुनै मानसिक समस्या छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV