२३ आश्विन २०७५, मंगलवार

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले सुपथ मूल्यमा उपभोग्य सामाग्री सहज रुपमा उपलव्ध गराउन निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले उपभोग्य सामाग्रीको अभावमा हुन नदिन सरकारलाई निर्देशन दिएको हो । बैठकले दशैं, तिहारजस्ता चाडपर्वमा उपभोक्तालाई मार पर्ने गरी मूल्य बृद्धि गर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकमा सदस्यहरुले सरकारलाई गलत बाटोमा जान नदिन समिति चनाखो हुनुपर्नेमा जोड दिएका छन् । समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारको सम्पूर्ण खर्चको छुट्टै लेखा राख्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले सरकारी सम्पत्तिको अभिलेख राख्ने व्यवस्था गर्न पनि सरकारलाई समितिले सचेत गराउनुपर्ने प्रस्ताव गर्नुभयो ।

समितिले सरकारको सम्पत्तिको अभिलेख राख्ने लगायतका विषयमा बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग लगायतका सरकारी निकायका प्रतिनिधिसँग पनि छलफल गरेको थियो ।

LIVE TV