२३ आश्विन २०७५, मंगलवार
  • रिया भण्डारी,

काठमाडौं, २३ असोज । सरकारले एमबीबीएस र बीडीएस अध्ययनका लागि शुल्क बढाउने तयारी गरेको छ । सरकारले दुई वर्ष अघि तोकेको शुल्क सीमामा यो वर्ष १० प्रतिशत भन्दा बढी बढाउने तयारी गरेको छ ।

मेडिकल कलेजले यसअघि निर्धारण गरेको शुल्क भन्दा बढी शुल्क लिइरहेको भन्ने गुनासो बढीरहेको समयमा सरकारले नै शुल्क बढाउने तयारी गरेका छ । सरकारले दुई वर्ष अघि एमबीबीएस तर्फ काठमाडौं उपत्यका भित्रका मेडिकल कलेजका हकमा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको थियो ।

बीडीएस तर्फ १९ लाख ३२ हजार शुल्क तोकिएको छ । तर अब यो शुल्कलाई परिमार्जन गर्ने तयारी गरेको छ । राष्ट्र बैंकका मुद्रास्फीति दर आर्थिक वर्ष ०७३÷७४ मा ४ दशमलव ५ प्रतिशत थियो भने ०७४/७५ मा ४ दशमलव २ प्रतिशत थियो।

सरकारले दुई वर्षको यही मुद्रास्फीति दरका आधारमा एमबीबीएस र बीडीएसको शुल्क बढाउने तयारी गरेको जानकारी दिएको छ । शिक्षामन्त्री, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका पदाधिकारीसहितको छलफलमा नेपाल राष्ट्र बैंकको मुद्रास्फीति दर अनुसार एमबीबीएस र बीडीएसमा पनि शुल्क बढाउने अनौपचारिक सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV