२३ आश्विन २०७५, मंगलवार
  • शरद/प्रकाश,

चितवन, २३ असोज । चितवनको पुतली बजारका अधिकांश कष्मेटिक पसलले डुब्लिकेट कष्मेटिक सामान बिक्री गर्ने गरेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय चितवन र युनिलिभर कम्पनीले गरेको संयुक्त अनुगमनका क्रममा नारायणगढको बजार क्षेत्रमा रहेका अधिकांश होलसेलर पसलहरुले सबै सामान डुब्लिकेट बिक्री गर्ने गरेको भेटिएको हो ।

कम्पनीकै आधिकारीक मानिसहरुको सहभागितामा गरिएको अनुगमनमा युनिलिभरको नाममा डुब्लिकेट सामान बिक्री गरेका पसलहरुको अनुगमन गरि सामान बरामद गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रबिण तिवारीले बताउनु भयो । टोलीले पुतली बजारको के एन स्टोर,नरदेवी जनरल स्टोर, मा अन्नपुर्ण ऋंगार, कमलेस जनरल स्टोर, सदाम जनरल स्टोर, जयमातादी कस्मेटिक, बजरंग जनरल स्टोर, र एसियन कष्मेटिक अनुगमन गरेको हो ।

यी पसलहरुबाट लेक्मी,पोण्डस, फेयर एण्ड लब्ली, डोभ,सनसिलक युनिलिभर ट्रेडमार्कका डुब्लिकेट सामान बिक्री गरेको पाईएको र सो सामान बरामद गरिएको तिवारी बताउनु हुन्छ । आफनो कम्पनीको नाममा डुब्लिकेट सामान उत्पादन गरि बजारमा बिक्री भएको भन्ने युनिलिभर कम्पनीको मन्त्रालयमा गुनासो परेको र उद्योग मन्त्रालयले पसलहरुको नाम सहित आफुहरुलाई पत्रनै काटेर अनुगमन गर्न निर्देशन गरेकाले कम्पनीकै आधिकारीक ब्यक्तिहरुको सहभागितामा अनुगमन गरिएको तिवारी बताउनु हुन्छ ।

आफुहरुको कम्पनीका नाममा चीनमा उत्पादन भएका युनिलिभरकै जस्तै डुब्लिकेट सामान ल्याएर ब्यापारीहरुले उपभोक्ता ठग्ने गरेको भन्ने गुनासो ग्राहकबाट आएको र त्यही गुनासोका आधारमा आफुहरुले नारायणगढ सहित देशका धेरै शहरमा अनुगमन गर्दा अधिकांश पसलहरुले डुब्लिकेट सामान बिक्री गर्ने गरेको भेटिएको कम्पनीका बाण्ड् प्रोटेक्सन म्यानेजर दीपक न्यौपानेले बताउनु भयो ।

अनुहारमा लगाउने क्रिमनै डुब्लिकेट बिक्री गर्दा यसले छालामा निकै ठुलो असर पर्ने भएकाले युनिलिभरको नाममा डुब्लिकेट सामान उत्पादन गर्ने र बिक्री गर्ने लाई कडा कारवाही हुनु पर्ने न्यौपाने बताउनु हुन्छ । बजारबाट धेरै मात्रामा डुब्लिकेट सामान बरामद गरिएको छ । बरामद भएको सामानको मुचुल्का तयार भएको र उनिहरुलाई कडा भन्दा कडा कारबाही गरिने तिवारीले बताउनु भयो ।

बजारमा नक्कली सामान ल्याएर उपभोक्तालाई सक्कली भनि बिक्री गर्ने र मानव स्वास्थ्य प्रति खेलवाड गर्नेहरु प्रति प्रशासन कडा रुपमा प्रस्तुत हुने र उनिहरुलाई कडा भन्दा कडा कारबाही गरिने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV