२३ आश्विन २०७५, मंगलवार

बुटवल, २४ असोज । नेपालको १० वर्षे जनयुद्धका लडाकुसमेत रहेकी गुल्मीकी शर्मिला बिकको भारतमा रहस्यमय मृत्यु भएको छ । भारतको राजधानी नयाँ दिल्ली स्थित गुडगावा पालम बिहारको सेक्टर २३ ए–ब्लग मा बिकको रहस्यमय मृत्यु भएको हो ।

सो ब्लगको पार्कमा रहेको ४ फिट अग्लो रुखको हाँगामा शर्मिला झुण्डिएको अवस्थामा फेला परेकी हुन् । बिकको हत्य गरि झुण्डाइएको आशंका त्यहाँका नेपाली संघ संगठनले गरेका छन् ।

जनयुद्ध कालमा लामो समयसम्म लडाकुसमेत रहेकी र शान्ति प्रकृयापछि अयोग्य ठहर भई बाहिरिएकी शर्मिला भारत पलायन हुन बाध्य भएकी थिइन् । अक्टोवर ६ तारिखका दिन राति कोठाबाट श्रीमान र जेठाजुसँग झगडा गरेर निस्किएकी शर्मिलाकी श्रीमान नरेश बिकले सञ्चारकीसँग बताएका छन् ।

नेपाल पत्रकार महासंघ भारत शाखाका प्रतिनिधि बाबु रोका, देशभक्त आवाजका अध्यक्ष हरि रोका, अखिल भारत नेपाली एकता समाजका ओमबहादुर खत्री र स्वतन्त्र नागरिक विपना शाही लगायतले उनको हत्या भएको भन्दै छानविनको माग गरेका छन् । घटनाको अनुसन्धान भइरहेको पालम बिहार प्रहरी चौकीले जनाएको छ ।

सो चौकीका अनुसार पोष्टमार्टम रिर्पोट तीन दिनपछि आउने बताइएको छ, त्यसपछि थप अनुसन्धान अगाडि बढाईने बताइएको छ । गलामा पासो लगाई झुण्डिएकी शर्मिला टुक्रुक्क भुँईमा बसेकी थिईन् । उनको शव गुल्मी पठाउनका लागि भारतमा क्रियाशिल गुल्मी भुर्तुङ्ग सेवा समाजले ७ हजार आईसी सहयोग गरेको छ । त्यस्तै गुडगावा स्थित रुरु ट्राभल्सले नेपालसम्म निशुल्क पठाउन लागेको प्रबन्धक केशब खनालले बताए ।

जनयुद्धमा जस्तै आक्रमक स्वभाव रहेको, अरुको कुरा नमान्ने, आफ्नै ढिपी गर्ने र सबसँग घुल मिल गरिहाल्ने विषयमा श्रीमान र श्रीमतीबीच झडडा गर्दै आएका समाचार श्रोतले जानकारी गराएका छन् । उनका १३ वर्षीया छोरी र १० वर्षीय छोरा छन् । उनको परिवारजनले गत सोमबार शव बुझेर अन्त्यष्टिसमेत गरिसकेका छन् । पछिल्लो समय भारतमा गुल्मीका चार जनाले आत्मा हत्या गरिसकेका छन् । प्रेम सुनर,

LIVE TV