२३ आश्विन २०७५, मंगलवार
  • नबिन के.सी

अर्घाखाँची । अर्घाखाँची  जिल्लाको मालारानी गाउँपालिका वडा नम्वर ४ मा रहेको कालिका नेरा मा.बिले प्राबिधिक तर्फको कक्षा सञ्चालन गर्नको लागी धार्मिक महोत्सब सञ्चालनको तयारी गरेको छ । बि.स २०१६ सालमा स्थापना भएको बिद्यालयमा अहिले कक्षा १२ सम्म शिक्षा र व्यबस्थापन तर्फ पठन पाठन हुने गरेको छ । तर अब को शिक्षा व्यबहारीक हुनुपर्ने भन्दै प्राबिधीक शिक्षा गाउँमा सञ्चालन गर्नु पर्ने आबश्यकता र समयको माग भएकोले महोत्सब आयोजना गरि आर्थिक संकलनमा जुटेको बिद्यालयका प्रध्यानाध्यापक भुबन खनालले बताए । ‘हामीले गाउँमा कृषि ,भेटेनरी ,सिभिल ईन्जीनियर जस्ता प्राबिधीक शिक्षा सञ्चालन गर्ने सोचले धार्मिक महोत्सब सुरु गरेका छौ । गाउँमै प्राबिधीक शिक्षा सञ्चालनगर्ने सपना रहेको छ । ’

मालारानी गाउँपालिकालाई कृषि ,सहकारी र समूह मार्फत आर्थिक क्रान्ति गर्नको लागी प्राबिधीक शिक्षा खाँचो भएकोले महोत्सबको आयोजना गरिएको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए । ‘म आफै बिद्यालय व्यबस्थापन समितीको अध्यक्ष भएको बिद्यालय हो । हामीले यस बिद्यालयबाट सुरुवात गरेका छौ । यसलाई अन्य बिद्यालयमा पनि यस्ता कार्यक्रम आयोजन गर्ने हो । गाउँपालिकामा प्राबिधीक र दक्ष जनशक्ति उत्पादन गर्ने र यस ठाउँमा उक्त सिप प्रयोग गरि आर्थिक सम्बृद्धि गर्ने तर्फ लाग्ने छौ । ’ गाउँपालिकाले समूह र सहकारीको माध्यमबाट गाउँमा कृषि ,पशुपालन लगाएतका क्षेत्रमा काम गर्ने बजारको ग्यारेन्टी  सहकारी मार्फत गर्ने गरि निती बनाएको छ ।गाउँपालिका भित्र उत्पादन भएका बस्तु बिक्रिको लागि कोशेली घर समेत निर्माण गर्न लागेको पालिका अध्यक्ष आचार्यले बताए ।

राष्ट्र शान्ति अभियानले उक्त मेलामा ८ दिन सम्म कार्यक्रम गर्ने र उठेको रकम बिद्यालयलाई हस्तान्तरण गर्ने अभियानका प्रमुख ईश्वर शरण महाराजले बताए । ‘ हामिले देश भर नै यस्ता कार्यक्रमहरु गरेका छौ यसबाट नेपालमा शान्ति कायम होस र शैक्षिक क्रान्ति पनि होस भन्ने उद्धेश्य हो । ’उक्त धार्मिक महोत्सबमा कथा प्रबचन , संगित ,चौरासी पुजा ,तुला दान ,बिबाह ,बर्तबन्ध ,ग्रह शान्ति लगाएतका काम गरिने आयोजकले जनाएको छ । बिद्यालयले नमुना कामको सुरुवात गरेको र महोत्सब अबधि भर शान्ति सुरक्षाको प्रत्याभुत दिलाउने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । ‘आयोजकले मलाई संरक्षकको जिम्मेबारी दिनु भएको छ । यो मेलाले बिद्यालयको शैक्षिक सुधार तथा स्तरउन्नती हुने छ । ’

प्रतिक्रिया दिनुहोस्

LIVE TV