२३ आश्विन २०७५, मंगलवार

कैलाली २३ असोज । ट्याक्टर दुर्घटना हुँदा दुईको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

कैलालीमा भएको उक्त दुर्घटनामा चालक डागु चौधरी र सहचालक सुरज कठरियाको मृत्यु भएको प्रहरीले बताएको छ। ढुंगा बोकेर बौनिया बजार तर्फ आउँदै गरेको से १ त ३९६९ नम्बरको ट्रयाक्टर पल्टेर च्यापिदा चालक र सहचालकको मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार घाइतेको वर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ ।

LIVE TV