२३ आश्विन २०७५, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा बहुमत केन्द्रीय सदस्य आफूसँग रहेको दाबी गर्दै असन्तुष्ट समूहले महाधिवेशनको मिति घोषणा गरेको छ । अध्यक्ष नैनसिंह महरले महाधिवेशन नगराउन खोजेको आरोप लगाउँदै उनीसँग रुष्ट समूहले बहुमतको भेलाको निर्णय भन्दै बुधबार पत्रकार सम्मेलन गरेर महाधिवेशन घोषणा गरेको छन् ।

यसअघि अध्यक्ष महरले सोमबार महाधिवेशनको मिति तोक्न भन्दै साउन ४ र ५ गते केन्द्रीय समिति बैठक बोलाएका छन् । नेविसंघका उपाध्यक्ष प्रकाश राना, नवीन राई, डिल्लीराम सुवेदी, रामप्रसाद अधिकारी र महामन्त्री कुन्दनराज काफ्लेले आगामी साउन २३ देखि २५ गतेसम्म काठमाडौंको कीर्तिपुरमा महाधिवेशन हुने घोषणा गरेका छन् ।

१२९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये दुई तिहाई आफूहरुसँग रहेको पत्रकार सम्मेलनमा महामन्त्री काफ्लेले दाबी गरे । महाधिवेशनका लागि भन्दै विभिन्न १३ वटा उपसमितिहरु समेत उनीहरुले गठन गरेका छन् ।

यसरी पत्रकार सम्मेलन गर्ने समूह कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला र प्रकाशमान सिंह निकट समूह हो । राई र राना सिंह निकट हुन् भने महामन्त्री काफ्लेसहित उपाध्यक्ष सुवेदी र अधिकारी सिटौला समूहका हुन् ।

यसै विषयमा केन्द्रित भएर कुराकानी गर्नको लागि न्युज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘छ प्रश्न’मा नेविसंघका महामन्त्री कुन्दन राज काफ्लेलाई निम्त्याइएको छ । उनले कार्यक्रममा कुराकानी गर्दै पार्टी भित्रै बहुमतको दम्भ हरेको बताएका छन् ।

बाँकी भिडियोमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

LIVE TV