२३ आश्विन २०७५, मंगलवार

काठमाडौं । कार्यालयको वोर्डमा प्रदेश सरकार लेखिएको छ । टेवल कुर्ची, टेलिफोन, फर्निचर सबै सुविधा प्रशस्त छ । कर्मचारीको तह अनुसारका कार्यालयमा कोठा पनि प्रशस्त छन् । तर, न बजेट छ न योजना । पाल्पाका केहि सरकारी कार्यालयका कर्मचारी अहिले कामबिहीन अवस्थामा छन् ।

पाल्पामा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, डिभिजन सिंचाई, जिल्ला प्राविधिक कार्यालय कुन तहको सरकार अन्तरगत रहने विषयमा कुनै टुङ्गो लागेको छैन ।

कार्यालयमा बजेट, योजना नआउदा कर्मचारीहरु १० बजे कार्यालयमा आउने हाजिर गर्ने, दिनभरी गफ गाफ गर्ने, फेसवुक चलाउने, फोन गर्ने, चिया खाने बाहेक अन्य काम भएको छैन । पाल्पाका कृषि पशु सेवा तथा स्वास्थ्य चौकीका सयौ कर्मचारी वेवारिसे बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV