२३ आश्विन २०७५, मंगलवार

काठमाडौं, २३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि पोल्याण्डका गैरआवासीय राजदुत (H.E. Mr. Adam Burakowski ) एच.इ. मिस्टर आडम बुरुकोस्कीबीच शिष्टचार भेट भएको छ ।

राष्ट्रपति भवन, शितलनिवासमा भएको यसै भेटको अवसरमा पोल्याण्ड र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी भएको छ । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु एवम् पोल्याण्ड सरकारका अधिकारीहरुको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV