२३ आश्विन २०७५, मंगलवार

काठमाडौं, २३ असोज । चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । ५८ वर्षीय अध्यक्ष बोगटीको आज बिहान टिकाथली नजिकै रुख काटेको हेर्ने क्रममा विजुलीको पोलले लागेर निधन भएको हो ।

रुख काट्ने क्रममा विजुलीको पोल ढलेर अध्यक्ष बोगटीलाई लागेपछि उपचारका लागि बि.एण्ड.बि. अस्पतालमा पु¥याइएको थियो । तर अस्पताल पुर्‍याएलगत्तै अध्यक्ष बोगटीको अस्पतालले निधनको पुष्टि गरेको छ।

बोगटीको पार्थिव शरीरलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ । चलचित्र कलाकार संघको अध्यक्षमा २ वर्ष अगाडि बोगटी निर्वाचित भएका थिए । उनि फिल्म ‘स्वाभिमान’ र माया गर ल’ का निर्माता समेत हुन् । बोगटीले दर्जन भन्दा बढी फिल्म र टेलिश्रृंखलाहरुमा अभिनय गरेका गरिकसेका छन् ।

LIVE TV