२३ आश्विन २०७५, मंगलवार

काठमाडाैँ । मेक्सिकोमा एक दम्पती (लाेग्ने-स्वास्नी)ले २० जना महिलाकाे हत्या गरेर तिनका हड्डी बेचेकाे घटना बाहिर अाएकाे छ । बच्चालाई गुडाउने प्राममा मानव अङ्गसहित पक्राउ परेका ती दम्पतीले २० जना महिलाको हत्या गरेको स्वीकारेका हुन् ।

गत हप्ता बिहीवार पक्राउ परेका दम्पतीमध्ये पक्राउ परेका पुरुषले केही महिलाको बलात्कार पनि गरेको र तिनका हड्डी बेचिदिएको बताएका छन् ।

हराइरहेकी एक महिला र तिनको बच्चाको खोजबिन गर्ने सन्दर्भमा ती दम्पतीसँग भएको प्रामको खनतलासी गर्दा प्रहरीहरूले मानव अङ्ग भेट्टाएका थिए । अनुसन्धानकर्ताहरूले उक्त दम्पतीको कोठा तथा नजिकैको अर्को स्थानमा कैयौँ मानव अङ्ग भेटेका छन्, यसबाट उनीहरु मान्छे मार्ने धन्दामा रहेकाे पुष्टि भएकाे हाे ।

ती अङ्गहरु सिमेन्ट राखिएका बाल्टिनहरू तथा फ्रिजभित्र पाइएका थिए । अभियोजनकर्ताहरूले ती दम्पतीले मानव अङ्ग बेचेको बताएका छन् । तर कसलाई बेचेको भन्ने चाहिँ खुलाएका छैनन् ।

छिमेकीहरूले ती दम्पतीलाई जहिले पनि प्राम गुडाइरहेको नै देखेको बताएका छन् । तिनै प्राममा पनि मानव अङ्ग भेटिएको थियो । सेप्टेम्बरमा एक २८ वर्षीया महिला न्यान्सी र उनकी दुईमहिने शिशु भ्यालेन्टिना हराएपछि प्रहरीले ती दम्पतीलाई रोकेर सोधपुछ गरेको थियो, जसबाटै याे घटना बाहिर अाएकाे हाे । (बिबिसीकाे सहयाेगमा)

प्रतिक्रिया दिनुहोस्

LIVE TV