२३ आश्विन २०७५, मंगलवार

काठमाडौं । बागलुङमा दशैको लागि घर लिप्ने माटो खन्दै गर्दा अचानक ढिस्कोले पुरिएर बागलुङ नगर पालिका मालिकाकी निशा सापकोटा गम्भीर घाइते भएकी छिन् ।

शरीरमा गम्भीर चोट लागेपछि हाल मणिपाल शिक्षण अस्पताल पाेखरामा उपचाररत निशाको आर्थिक अवस्था कमजोर रहेको कारण थप उपचारमा ढिलाई भइरहेको छ । थप उपचारमा आर्थिक समस्या भएपछि उनको लागि सहयोग गरिदिन देशबिदेशमा रहने सबै सहयोगी मनहरुसँग याचना गरिएको छ ।सापकोटा माटो ल्याउन भनी ज्यामरुकोट  २ फापरखेत गएकी र माटो खन्दै गर्दा अचानक माथिको ढिस्को खसी ढाडको मुख्य नसा चुडीई गम्भीर घाइते भएकी हुन् ।

उनका दाजु अर्जुन थापा आफ्नी बहिनीलाई दशैंको मुखमा परेको आपतमा दयालु मनहरुले हात बढाए थप उपचारमा सहयोग पुग्ने बताउँछन् ।  उनको उपचारको लागि सहयोग गर्न चाहने सहयोगीहरुले जापानमा सागर थापा ०७०-४५५८३५९०, मलेशियामा  नारायणशर्मा +००६०१४९०९९३०५ ,दुबैमा भुमिराज सापकोटा ००९७१५५९५६९३७३ ,कतारमा टीका सापकोटा ००९७४५००४०१२९ मा सम्पर्क गर्न सकिने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV